Comments Add Comment

परमाणु संयन्त्र निगरानी गर्न इरानले दियो अनुमति, तर आकस्मिकरुपमा नपाइने

१० फागुन, काठमाडौं । इरानले आफ्नो परमाणु संयन्त्रको निगरानी गर्न अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)लाई तीन महिनाका लागि अनुमति दिएको छ ।

परमाणु हतियारको निगरानी गर्ने संयुक्त राष्ट्रसंघको संस्था अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले यो जानकारी दिएको हो ।

यद्यपि हतारमा गरिएको यस सम्झौताबाट एजेन्सीका अधिकारीहरुको केही अधिकार कटौती भएको छ । त्यसैले उनीहरुले आकस्मिक रुपमा निरीक्षण गर्न भने पाउने छैनन् ।

यसै सिलसिलामा इरानले मंगलबारदेखि आफ्नो नीतिमा परिवर्तन ल्याउँदैछ । किनभने सन् २०१५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट परमाणु सम्झौता तोडेपछि अमेरिकाले इरानविरुद्ध लगाइएका प्रतिबन्धहरु हटाएको छैन ।

अमेरिकाले परमाणु सम्झौता पालना नगरेसम्म आफ्ना कामहरु जारी राख्ने इरानले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले भने सम्झौता कार्यान्वयनको सुरुवात इरानबाट हुनुपर्ने बताउँछन् ।

इरानको परमाणु कार्यक्रम करिब दुई दशकदेखि अन्तर्राष्ट्रिय एजेण्डा बन्दै आएको छ । इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ ।

अमेरिका र अन्य देशहरुले भने इरानले गोप्यरुपमा परमाणु हतियार निर्माण गरिरहेको आशंका गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment