+
+
Shares

अभिषेक र पूजाको ‘चुरीफुरी’को छायांकन ४३ दिनमा सकियो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते १२:२१

चलचित्र ‘चुरिफुरी’को छायांकन सकिएको छ । यो चलचित्रको छायांकन ४३ दिनमा सकिएको निर्माणपक्षले बताएको छ । ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई आरबी मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।

चलचित्रमा रविन्द्र झा, अभिषेक श्रेष्ठ, पूजा पन्त, राजबीजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरविर पण्डित, ऋतु आचार्य, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल लगायतका कलाकारको अभिनय छ ।

राहुल राइको छायांकन रहेको चलचित्रमा रिना ढकालको पनि लगानी छ । चलचित्रको सह–निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । दीपक शर्माको संगीत रहेको चलचित्रमा समीर आचार्य, बिश्व नेपाली र बेनीशा पौडेललको स्वर छ ।

मोडेल अभिषेक श्रेष्ठ यही चलचित्रबाट नायकको रुपमा चलचित्रमा प्रवेश गर्दैछन् । नवीन निरौलाको सम्पादन रहेको चलचित्रको केही दिनमै प्रदर्शन मिति तय गरिने बताइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?