Comments Add Comment

शिक्षा प्रणालीमा आमुल परिवर्तन आवश्यक छ : मन्त्री श्रेष्ठ

१० फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले चालु शिक्षा प्रणालीमा धेरै सुधार गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि अहिलेको शिक्षा प्रणालीमा धेरै नै सुधार हुन जरुरी रहेको मन्त्री श्रेष्ठले बताएका हुन् ।

लुनिभा बाल सरोकार समूहले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको समग्र शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो धारणा राखेका हुन् । नेपालको चालु शिक्षा प्रणालिबाट मुलुकले सोचे जस्तो फड्को मार्न नसक्ने धारणा व्यक्त गर्दै मन्त्री श्रेष्ठले यसको लागि वर्तमान समयमै सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए । ‘शिक्षा प्रणालीमा आमुल परिर्वतन ल्याउनको लागि आवश्यकता अनुसार शिक्षा ऐन, २०२८ परिमार्जनको गर्न आवश्यक रहेको छ र त्यसको लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको,’ मन्त्री श्रेष्ठले भने ।

सुदूरपश्चिम प्रदेशको डडेलधुराको अजेयमेरु नगरपालिका र गन्यापधुरा नगरपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सहित ३२ वटा विद्यालयका प्रतिनिधिहरुलाई काठमाडौंको नमुना विद्यालयहरुको भ्रमण गराउने क्रममा शिक्षामन्त्रीसंगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा डडेलधुरा जिल्लाको गन्यापधुरा नगरपालिका वडा नं ६ का अध्यक्ष चेतराज भट्टले २० देखि ५० जना विद्यार्थी अध्ययन गर्ने विद्यालयमा पुग्न विद्यार्थीहरुले ५ देखि ६ घण्टा सम्मको यात्रा गर्नु पर्ने समस्या मन्त्री श्रेष्ठ समक्ष व्यक्त गरे ।

शिक्षा क्षेत्रलाई तिनै तहका सरकारले प्राथमिकता दिनुपर्ने लुनिभा बाल सरोकार समुहका कार्यक्रम व्यवस्थापक सन्तराम डंगोलले बताए । उनका अनुसार बाल केन्द्रित शिक्षण शिकाईको अवस्था, शैक्षिक सामाग्री, भौतिक पुर्वाधार र विद्यालय व्यवस्थापकीय प्रणालिको विषयमा अध्ययन अवलोकन गर्न नगरपालिकाका प्रतिनिधिहरुलाई भ्रमण गराइएको हो ।

लुनिभा बाल सरोकार समुहका कार्यकारी निर्देशक नरेन्द्र डंगोलले डडेलधुरा जिल्लाका प्रतिनिधि तथा विद्यालयका प्रतिनिधिहरुलाई काठमाडौं, भक्तपुर र ललितपुरका नमुना विद्यालयहरुको अवलोकन भ्रमण गराई आफ्नो नगरपालिकाका विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा कसरी विकास गर्न सकिन्छ भनि अध्ययन भम्रण गराइएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment