+
+
Shares

‘सक्कीगोनी’मा सामाजिक कथा उठाएपछि दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएका छौंः अर्जुन घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते १५:३८

हिमालय टेलिभिजनबाट प्रशारण हुन थालेको ‘सक्किगोनी २’ले दर्शकको साथ पाएको भन्दै यसको निर्माणटिम उत्साहित देखिएको छ । यो सिरियलको दोश्रो सिजन ११ भाग प्रशारण भैसकेको छ ।

दर्शकले दोश्रो सिजनमा पहिलो सिजन भन्दा केही फरक कथा र सामाजिक सन्देश पनि पाइरहेका छन् । सिरियललाई टेलिभिजनसँग युटुबमा हेर्ने दर्शकको संख्या पनि बढेको यसका निर्देशक अर्जुन घिमिरेले बताएका छन् ।

उनले भने–‘बलात्कार जस्तो जघन्य अपराधको विषयलाई हामीले सिरियलमा उठान ग¥यौं । यो भाग हेरेपछि दर्शकले निकै राम्रो प्रतिक्रिया दिनुभयो । चाडपर्वको समयमा चाडपर्वकै विषय उठान गर्ने गरेका छौं । बेलाबेलामा कूलत, गरिबी, विकास निर्माण, राजनीतिका विषयवस्तुहरुलाई सन्देशमूलक तरिकाले सिरियलमा उठान गर्दै आएका छौं ।’


उनले यो सिरियल कमेडी कथामा निर्माण हुने भएपनि केही भागको अन्तरालमा आफूहरुले सामाजिक सन्देश दिने बिषयलाई पनि उठाएको बताए । घिमिरेले भने–‘ ‘हँसाउने दायित्व एकातिर छ । सामाजिक विषयवस्तु उठाउँदा हाँसो कम हुन्छ । तर, सामाजिक विषयवस्तुलाई बेलाबेलामा उठान गर्ने हाम्रो उद्देश्य हो ।’ उनले यो सिरियलले पहिले भन्दा दर्शकको प्रतिक्रिया राम्रो पाउन थालेको पनि बताए ।

कलाकारहरुको संवाद, शैली, विषयवस्तु, गुणस्तर, व्याकग्राउन्ड लगायतलाई पनि दर्शकले पहिलेभन्दा राम्रो भनेको अर्जुनको दाबी छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?