Comments Add Comment

यस्तो नदी, जहाँ शुद्ध सुन बग्दछ

नदी तथा खोलानालामा पानी बग्ने कुरा त सामान्य हो । तर दुनियाँमा एउटा यस्तो नदी पनि रहेछ जहाँको पानीमा सुन बग्दछ र त्यो सुन पनि शुद्ध हुन्छ ।

क्यानडाको डसन सिटीमा बोनान्जा क्रिक नामक एउटा यस्तो नदी छ जसमा शुद्ध सुन बग्दछ ।

सुन बग्ने उक्त नदीमा सधैभरी आगन्तुकको मेला लागिरहेको हुन्छ । मानिसहरु टाढा टाढाबाट त्यहाँ आउँछन् । उक्त नदीबाट निस्किने सुनले जो सुकैलाइ क्षणभरमै लखपति बनाइदिन सक्दछ ।

आखिर त्यो नदीमा कहाँबाट सुन आउँदछ त ?

सन् १८९६ मा जर्ज कर्मेक, डसन चार्ली र स्कुकम जिम मेसनले सबैभन्दा पहिले उक्त नदीमा सुन भएको कुरा सार्वजनिक गरेका थिए ।

जब नदीमा सुन बगिरहेको खबर सार्वजनिक भयो, त्यहाँ मानिसहरुको भिड जम्मा भइहाल्यो । सन् १८९८ मा उक्त सहरको जनसंख्या केवल १५०० थियो । तर नदीमा सुन भएको पत्ता लागेसँगै सहरको जनसंख्या नाटकीय ढंगले बढ्न थाल्यो ।

रिपोर्टअनुसार उक्त नदीको सतहमुनिको जमिनमा सुन रहेको छ । नदीमा सुन खोज्न आउने मानिसहरुले बालुवा छानेर, बरफका टुक्राहरुमा टाँसिएको सुन छुट्टाएर शुद्ध सुन जम्मा गर्दछन् । उक्त नदीमा सुन खोज्नेहरु रातारात लखपति हुनेहरु पनि छन् । तर सधैभरी सुन भेटिनैपर्छ भन्ने छैन । कहिलेकाहीँ मानिसहरु रित्तो हात पनि फर्किन बाध्य हुन्छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment