Comments Add Comment

राष्ट्रिय बिमा संस्थान ५४ वर्षमा प्रवेश

११ फागुन, काठमाडौं । राष्ट्रिय बिमा संस्थान ५४ वर्षमा प्रवेश गरेको छ ।

देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पुँजी परिचालन गर्ने तथा विदेशी मुद्राको व्यवभार रोक्ने उद्देश्यले २०२४ साल पुस १ गते राष्ट्रिय बिमा संस्थान प्रा.लि. स्थापना भएको थियो । सोही वर्षको फागुन ११ गतेदेखि यसले व्यवसाय सुरु गरेको थियो । राष्ट्रिय बिमा संस्थान ऐन २०२५ आएपछि २०२५ साल पुस १ गतेदेखि राष्ट्रिय बिमा संस्थानमा परिणत भएको थियो ।

सुरुमा निर्जीवन बिमा व्यवसाय सन्चालन गरेको यस संस्थानले २०२९ साल फागुन ७ गतेदेखि जीवन बिमा व्यवसायसमेत सन्चालन गरेको थियो । छरिएर रहेको स-सानो वित्तीय स्रोतलाई बीमाको माध्यमबाट संकलन गरी पुँजी निर्माण गर्न बिमा संस्थानले योगदान गरेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले ५४औं वर्ष प्रवेशको अवसरमा बिमा संस्थान परिवार एवं सरोकारवाला सबैमा बधाई तथा शुभकामना दिएका छन् । वित्तीय मध्यस्थता सेवाको माध्यमबाट राष्ट्रको प्राथमिकता प्राप्त पूर्वाधार विकासका क्षेत्रमा लगानी गरी उच्च आर्थिक वृद्धि हासिल गर्ने कार्यमा संस्थानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास प्रधानमन्त्री ओलीले गरेका छन् ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा सफल पार्न बिमाको क्षेत्रबाट विशेष भूमिकाको आवश्यकतासमेत औंल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment