+
+
Shares

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते ११:१६

११ फागुन, काठमाडौं । स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

डा. भट्टराई आज बिहान ९ बजेदेखि दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना भएका हुन् ।

उनका प्रेस सल्लाहाकार  एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने छ ।

डा. भट्टराई स्वास्थ्य उपचार गर्न गत आइतबार दिल्ली गएका थिए । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । यसअघि उनले काठमाडौंमै परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उपचार गर्न दिल्ली गएको भट्टराईको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?