Comments Add Comment

नवजात शिशुको एक्लै ख्याल गर्नुपरे के गर्ने ?

नवजात शिशुको अबोधपनाले गर्दा उनीहरूलाई हामी स्वर्गदूत मान्ने गर्छाैं । जसले हाम्रो जीवनमा अनगिन्ती खुसीहरू ल्याउँछन् । अरुको बच्चाको भन्दा पनि यदि तपाईं आमाबुबा बन्नुभयो भने त्यसले तपाईंमा झनै धेरै खुसी प्रदान गर्ने गर्छ ।

अभिभावक बनिसकेपछि तपाईंको जीवन पहिले जस्तो नहुन सक्छ । त्यो यस अर्थमा कि तपाईं आफ्नो बच्चाप्रति बढी प्रेम गर्न चाहनुहुन्छ भने कहिलेकाहीँ बच्चाको जिम्मेवारीले तपाईंहरूलाई झमेलामा फसाउन सक्छ ।

बच्चा भइसकेपछि तपाईंलाई जिम्मेवारीको कुनै कमी हुँदैन । तर बच्चाको लागि सही कपडा छनौट गर्दा, सही छालाको हेरचाह सम्बन्धी उत्पादनहरू छनौट गर्दा पनि यसमा जिम्मेवारीपन भन्दा खुसी धेरै मिल्छ ।

कोरोनापछि तपाईंले आफ्ना बच्चाहरूलाई मालिस गर्न वा तिनीहरूको हेरचाहको लागि जिम्मेवारी थपिएको हुन सक्छ । ती भर्खरै जन्मेका बच्चाहरू जो आफ्ना बाबुआमासँगै बस्छन् वा संयुक्त परिवारमा बस्छन् भने उनीहरुलाई बच्चा हुर्काउन खासै समस्या नहुन सक्छ । तर एक्लो परिवारका आमाबुबालाई बच्चा हुर्काउनु चुनौतीपूर्ण कुरा हो । त्यसैमाथि झनै पहिलो पटक बाबुआमा बनेकाहरुलाई झनै यो चुनौतीपूर्ण हुन सक्छ ।

त्यस्ता अभिभावकहरुलाई झनै नवजात शिशुले बढी आनन्द दिने गर्छन् । अभिभावकको जिम्मेवारी सम्हाल्न अवश्य पनि यस समयमा तपाईंले प्रत्येक दिन केही नयाँ जान्नु हुन्छ । तपाईंले बच्चाको कति धेरै ख्याल गर्नुभयो भन्ने विषय महत्वपूर्ण कुरा होइन, यसले तपाईंलाई बिरामी गराउन सक्छ भन्ने कुरा हो । त्यसैले एक्लै हुँदा बच्चालाई कसरी ख्याल गर्न सकिन्छ भन्ने विषयमा उल्लेख गरिएको छ ।

बच्चालाई मालिस कसरी गर्ने ?

नवजात शिशुहरू धेरै हिँडडुल गर्छन् । यस तरिकाले मसाज गर्नु एउटा ठूलो कार्य पूरा गर्नु जस्तै हुन्छ । बच्चाहरूको  मसाजको लागि पहिले बच्चाको शरीरमा तेल लगाएर नरम तरिकाले हातले चलाउनु पर्छ ।

मालिस गर्ने उत्तम तरिका भनेको नै तेल लगाएर बिस्तारै नरम तरिका मालिस गर्नु हो । लामो समयसम्म शरीरको कुनै पनि भागमा एकोहोरो मालिस गरिरहनु हुँदैन । नियमित मसाज बच्चाहरूको स्वास्थ्यको लागि अत्यन्त उपयोगी मानिन्छ । तर बच्चा र आमाबुबाबीचको सम्बन्ध बलियो बनाउन पनि यसले मद्धत गर्ने गर्छ ।

बच्चाहरूलाई नुहाउँदा बिर्सन नहुने कुराहरु ?

सबैभन्दा पहिले बच्चालाई नुहाउन कोमल खालकोसाबुन छनौट गर्नुपर्छ । किनकि बच्चाहरूको छाला एकदम नाजुक हुन्छ । बच्चालाई नुहाउँदा तपाईंले एक हातले उसको शरीरलाई समाउने र अर्काे हातले बिस्तारै मालिस गर्ने गर्न सक्नुहुन्छ । एक्लै हुँदा बच्चाको सरसफाइको क्रममा हातबाट चिप्लिने सम्भावना हुने भएकोले यस्तो विधि उपयुक्त मानिन्छ । यदि आफ्नो पार्टनरको साथमा मिलेर यो काम गर्न सम्भव छ भने यसले थप सहज गराउन सक्छ ।

बच्चाको कपालको रेखदेख गर्ने सहि तरिका के हो ?

जसरी हामी आफ्नो कपालको सफाइमा बढी ध्यान दिन्छौं । केही महिनापछि तपाईं बच्चालाई स्नान गराउने समय बच्चाको स्याम्पु र कन्डिसनरको प्रयोग गर्न सुरु गर्न सक्नुहुन्छ । यसको लागि यस्तो बेबी स्याम्पु चुन्न सक्नुहुन्छ जसले बच्चालाई नुहाउन सहज होस् । तर यसक्रममा बच्चाको आँखामा स्याम्पु पर्ने सम्भावना पनि धेरै हुने भएकोले यसलाई हामीले ध्यान दिनुपर्ने हुन्छ ।

कसरी पूरा गर्न सकिन्छ बच्चाको छालामा गर्नुपर्ने एक्स्ट्रा केयरको माग ?

बच्चाहरूको छाला धेरै नाजुक हुन्छ । यसले पानीलाई छिटो सोस्ने गर्छ र अझ रोचक कुरा त यो पनि हो कि बच्चाको छालाले उति नै छिटो पानीलाई गुमाउने पनि गर्छ । बच्चालाई नुहाइसकेपछि हल्का मोइस्चराइजर वा बेबी लोसन लगाइदिन सकिन्छ । नियमित रूपमा मोइस्चराइजेसनले छालामा ओसको स्तर कायम राख्छ र छाला सुक्खा हुन दिँदैन जसले छालालाई स्वच्छ राख्न मद्धत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment