
News Summary
Generated by OK AI. Editorially reviewed.- डा. ओम मूर्ति अनिलले सबै पक्षलाई शान्त रहँदै संवादमार्फत माग सम्बोधन गर्न आग्रह गर्नुभएको छ।
- उहाँले राजीनामासँगै संवादको बाटो खुलेको भन्दै संयमित भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
- डा. अनिलले आन्दोलनले राजनीतिक नेतृत्वलाई ठोस सन्देश दिएको र दीर्घकालीन समाधानतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ।
देशको पछिल्लो परिस्थितिबारे डा. ओम मूर्ति अनिलले सबै पक्षलाई शान्त रहँदै संवादमार्फत माग सम्बोधन गर्न आग्रह गरेका छन्। उनले यो क्षणलाई राष्ट्रको सपना र समृद्धिको दिशामा गम्भीरतापूर्वक सोच्ने अवसरको रूपमा लिनुपर्ने बताएका छन्।
डा. अनिलले राजीनामासँगै संवादको बाटो खुलेको भन्दै अहिले संयमित भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, ‘अब शान्त होऔँ। गम्भीरतापूर्वक के गर्ने भन्नेबारे सोच्ने बेला आएको छ।’
आन्दोलनले राजनीतिक नेतृत्वलाई ठोस सन्देश दिइसकेको भन्दै उनले अब राष्ट्रलाई प्राथमिकतामा राखेर दीर्घकालीन समाधानतर्फ केन्द्रित हुनुपर्ने बताए। उनले भने-कुनै पनि कार्यालय आफ्नै सम्पत्ति र आफ्नै जनतालाई हानी पुर्याउनु हुँदैन, बरु साझा संवाद, एकता र जिम्मेवारीले मात्र मुलुकलाई अघि बढाउन सकिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4