
११ फागुन, काठमाडौं । महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले आफूले राजीनामा नदिएको बताएका छन् ।
केही अनलाइन मिडियाहरुमा मंगलबार बिहान खरेलले राजीनामा दिएको समाचार प्रकाशित भएपछि खरेलले विज्ञप्ति जारी गर्दै आफूले राजीनामा नदिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा खरेलले राजीनामा दिने सोच नबनाएको, राजीनामा दिनुपर्ने कुनै परिस्थिति पनि नरहेको र नियमित रुपमा कार्यालयमा उपस्थित भइ कामकाज गरिरहेको उल्लेख गरेका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै उनले आफूविरुद्ध षडयन्त्र गर्नेहरुले राजीनामा दिएको गलत हल्ला फैलाएको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4