
११ फागुन, काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मंगलबार राजदूत नियुक्त गरेकी हुन् ।
राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद बैठकले गत असोज १५ गते उनीसँगै राजदूत सिफारिस गरेका डा. युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4