+
+
Shares

विश्वकै कुख्यात ‘डन’ की श्रीमती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते १६:४५

११ फागुन, काठमाडौं । अमेरिकाको जेलमा जन्मकैदको सजाय भोगिरहेका कुख्यात डन अल चापोकी पत्नी एमा कोरोनेल एसपूरो अमेरिकामा पक्राउ परेकी छिन् । ३१ वर्षीया एसपुरोमाथि कोकिन, मेथाम्फेटामाइन, हेरोइन र गाँजा तस्करीको योजना बनाएको आरोप छ । उनलाई मंगलबार डुलेस अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

अमेरिकी अधिकारीका अनुसार अल चापोको समूह अमेरिकामा सबैभन्दा धेरै लागूऔषध ल्याउने समूह हो । सन् २०१९ मा मुद्दाको सुनुवाइको क्रममा अल चापोले १३ वर्षीया बालिकामाथि बलात्कार र आफ्नो समूह छाडेका मानिसको खुलेआम हत्या गरेको विषय पनि खुलेका थिए ।

चापोकी पत्नी एसपुरोलाई वासिङटन डीसीस्थित एक संघीय अदालतमा भिडियो कन्फ्रेन्सिङको सहयोगमा पेस गरिनेछ । उनीमाथि लागूऔषध तस्करीको साथै सन् २०१५ मा आफ्ना पतिलाई जेलबाट छुटाउन षडयन्त्र गरेको आरोप पनि छ । सन् २०१५ मा अल चापो मेक्सिकोको जेलबाट सुरुङ खनेर भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?