+
+
Shares

३२१८ नमुना परीक्षण गर्दा ११० जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते १६:५३

११ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार २१८ जनाको नमुना परीक्षण गर्दा ३९ जना महिला र ७१ जना पुरुष गरी कुल ११० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ६६६ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार ६८ जना संक्रमणमुक्त भएका छन् भने कुल २०६५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १ हजार ६ जना संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९९५ जनाको होम आइसोलेसनमा छन् भने ४६ जनाको आईसीयू र १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?