Comments Add Comment

प्रचण्डको प्रतिक्रिया : सहमतिबाटै अगाडि बढ्छौं, प्रतिगमनकारीसँग सहकार्य हुन्न

फाइल फोटो

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले फैसला सुनाउँदै गर्दा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा थिए । उनीहरुले त्यही संसद पुनर्स्थापना भएको खबर सुने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा बुधबार चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय भरतपुर पुगेका थिए । तर संसद पुनर्स्थापना भएकाले बुधबारको सभा विजय जुलुसमा परिणत हुने नेताहरुले बताएका छन् ।

पुनर्स्थापनाको खबर सुनेपछि प्रचण्ड र माधव नेपाल खुसी देखिएका छन्, सहभागीहरुसँग खुसी साट्दै प्रचण्डले सबैलाई बधाइ दिएका छन् ।

फैसला सुनिसकेपछि प्रचण्ड र माधव नेपालले एकआपसमा अंकमाल गरेर खुशी साटासाट गरेका थिए । त्यसपछि कार्यकर्ताहरुले नेतालाई अविर लगाइदिएका थिए ।

प्रचण्डले अब सहमतिबाटै अगाडि बढ्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै प्रतिगमनकारीसँग तत्काल सहकार्य नहुने प्रष्ट पारे ।

माधव र प्रचण्डका साथमा संसद विघटनविरुद्ध रिट दायर गर्ने कृष्णभक्त पोखरेल पनि साथमा थिए ।

सर्वोच्चको आदेश आएपछि उनले अनलाइनखबरसँग भने, ‘नेपाली जनताले आफैं लेखेको संविधानको जित भएको छ । अदालतप्रतिके जनआस्था सुदृढ भएको छ ।’

त्यसैगरी प्रचण्ड माधवका साथमा रिटमा बहस गरेका अधिवक्ता टीकाराम भट्टराईले अनलाइनखबरसँग भने, ‘संविधान लिकमा आयो । संविधानवादले जितेको छ । हामी खुसी छौं ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment