Comments Add Comment

भारतीय विज्ञ भन्छन् – नेपालमा संसद पुर्नस्थापना प्रजातन्त्रको विजय

११ फागुन, काठमाडौं । नेपालमा सर्वाेच्च अदालतले संसदको पुनर्स्थापना गरेको घटनालाई एक भारतीय विज्ञले प्रजातन्त्रको विजय भनी टिप्पणी गरेका छन् ।

भारत–नेपाल मामिलाका विज्ञ डा. निहार आर नायकले अनलाइनखबरसँग कुराकानी गदै सो निर्णयले नपालका संस्थाहरु प्रजातान्त्रिक मुल्य र मान्यताको रक्षा गर्न सक्षम छन् भन्ने देखिएको प्रतिक्रिया देखिए । उनले यसलाई राम्रो संकेतको रुपमा व्याख्या गरे । यद्यपि, नेपालमा राजनीतिक अस्थिरता भने कायमै हुने उनले बताए ।

त्यसैगरी अनलाइनखबरसँग कुराकानी गदै नेपालका लागि एक पूर्वभारतीय राजदूतले प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वाेच्चमा परेको रिट नेपालको प्रजातन्त्र र संवैधानिक गभरनेन्सका लागि परीक्षा भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘सर्वाेच्च अदालतको निर्णयले संविधान र कानुनी शासनको सिद्धान्तलाई सुदृढ गरेको छ र यसले नेपालमा दीर्घकालीन राजनीतिक स्थायित्वको आधार सिर्जना गर्नेछ ।’

यो पनि पढ्नुहोस नेपालमा प्रतिनिधिसभा पुनर्स्थापना राम्रो खबर : भाजपा नेता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment