
११ फागुन, काठमाडौं । भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले नेपालमा प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको निर्णय राम्रो खबर भएको बताएका छन् ।
भारतको माथिल्लो सभा राज्य सभाका सदस्य समेत रहेका उनले नेपालका प्रजातान्त्रिक नेताहरु आफ्नो सम्पर्कमा रहेका र प्रजातन्त्र पुर्नवहाली हुने आशा समेत रहेका बताएका छन् । उनले भनेका छन्, ‘अब भारत–नेपाल सम्बन्धमा सुधार आउने छ ।’
सर्वोच्च अदालतले मंगलबार संसद विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको छ । साथै, १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4