+
+
Shares

प्रताप दासको स्वरमा ‘हँसाउने उही छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १२ गते १०:१०

काठमाडौं । गायक प्रताप दासको स्वरमा ‘हँसाउने उही छ’ गीत सार्वजनिक भएको छ ।

चन्द्र प्रसाई ‘परिस्कृत’को शब्द रहेको गीतमा राजेन्द्र सुवेदीको संगीत छ । संगीत संयोजन पनि सुवेदीले नै गरेका छन् ।

नेपाली भजनको संज्ञा दिइएको यो गीतको म्युजिक भिडियोमा कलाकार पुष्पराज पुरुष, उत्तम केसी लगायतको अभिनय छ । देवेन्द्र पाण्डेले निर्देशन रहेको भिडियोमा चक्र बरालको छायांकन र विकाश दाहालको सम्पादन छ ।

गीतकार प्रसाईको केही दिन अगाडि ‘पुरानो घाउ’ बोलको गीत सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?