Comments Add Comment

क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित

१२ फागुन, काठमाडौं । नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित भएको छ । नेपाल क्रिकेट संघ क्यानले २० खेलाडीलाई समेट्दै दोस्रो चरण बन्द प्रशिक्षण आयोजना गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको बन्द प्रशिक्षण मंगलबारसम्म जारी थियो । बुधबारदेखि भने बन्द प्रशिक्षण स्थगित गरिएको छ ।

यद्यपी यसबारे क्यानले आधिकारिक सूचना जारी गर्न बाँकी छ । तर, क्याम्पमा रहेका खेलाडीहरु आजैदेखि होटल छाड्दैछन् ।

क्यानले मार्चमा तय भएको विश्वकप लिग २ अन्तर्गत ओमानमा हुने ट्राई सिरिजलाई ध्यानमा राख्दै बन्द प्रशिक्षण गरेको थियो । तर, पहिलो चरणको प्रशिक्षण सुरु भएलगत्तै उक्त सिरिज स्थगित भयो । सिरिज स्थगित भए पनि क्यानले प्रशिक्षण जारी राखेको थियो । पहिलो चरणमा २१ जना प्रशिक्षणमा सहभागी थिए । त्यसबाट छनोट भएका ९ र र अन्य ११ गरी दोस्रो चरणमको प्रशिक्षणमा २० जना सहभागी थिए ।

उनीहरुलाई नयाँ विदेशी प्रशिक्षक डेभ वाटमोरले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण स्थगित भएपछि खेलाडीहरु रिलिज भएका छन् । विभागीय खेलाडीहरु विभागमै जानेछन् ।

तत्काल अन्तर्राष्ट्रिय प्रतियोगिता नहुने भएपछि क्यानले अहिले आन्तरिक प्रतियोगिता गर्ने तयारीमा छ । क्यानले मेयर्स कपका लागि काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको छ र महानगरले क्यानलाई प्रतियोगिता गर्न ५० लाख दिने सम्झौता भएको छ ।

चैत मसान्तसम्म उक्त प्रतियोगिता गर्ने भनिए पनि यही फागुनमा मेयर्स कप गर्ने तयारी भइरहेको छ । तर प्रतियोगिताको लागि समय सहभागि टिम र खेलतालिका सार्वजनिक हुन बाँकी छ । खेल भने एकदिवसीय फर्म्याटमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment