Comments Add Comment

देउवाको प्रष्टीकरण : सर्वोच्चले अन्तरिम आदेश नदिएकाले चुनाव हुन्छ भन्ने लाग्यो

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको बताएका छन् ।

कांग्रेसका नेता महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘सुरुमा स्टे अर्डर देला भन्ने लागेको थियो । तर स्टे अर्डर नदिएको हुनाले चुनाव हुन्छ भन्ने हामीलाई लागेको थियो । ’

त्यहीकारण संसद पुनर्स्थापना भएपनि मान्छौं, चुनाव भएपनि मान्छौं भनेको उनको दाबी छ ।

यद्यपि संसद पुनर्स्थापना गर्ने सर्वोच्च फैसलाले प्रजातन्त्रको जित भएको देउवाले टिप्पणी गरे ।

माधव नेपाल–प्रचण्डजीहरु कसरी जान्छन् ? नेकपा के हुन्छ ? भन्ने प्रष्ट नभएकाले अझै के हुन्छ भन्ने अन्यौल रहेको कांग्रेस सभापति देउवाले बताए ।

शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनुपर्ने भन्दै उनले भने, ‘ओलीजीले संसदमा बहुमत पुर्‍याउनुपर्छ, नभए छोड्दा राम्रो हुन्छ । तर यसो गर भनेर हामीले भन्ने होइन ।’

देउवाले कसरी अगाडि बढ्ने भनेर छलफल गर्न संसदीय दलको बैठक बोलाउने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment