Comments Add Comment

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : सुरेन्द्र पाण्डे

१२ फागुन, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताएका छन् ।

प्रचण्ड–माधव समूहले चितवनको भरतपुरमा बुधबार आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले संसद पुनर्स्थापना भइसकेकोले प्रधानमन्त्री ओलीले राजीनामा दिनु पर्ने बताए ।

पार्टीभित्र भ्रममा परेका, लोभ र डरमा परेर ओली पक्षमा लागेका नेता कार्यकर्तालाई मुल घरमा नै फर्किए कसैलाई पनि पूर्वाग्रह नराखिने उनको भनाइ थियो ।

सर्वोच्चको फैसलाले नयाँ सम्भावना र आशाको ढोका उघारेको भन्दै नेता पाण्डेले भने, ‘नयाँ विश्वास र आत्मबल सञ्चारित भएको छ, न्यायलयले संविधानको रक्षा गरेको छ ।’

फरक प्रसंगमा नेता पाण्डेले अब बन्ने सरकारले वृद्धभत्ता बढाएर ५ हजार पुर्‍याउने बताए । ३ हजार रुपैयाँ रहेको वृद्धभत्ता बढाएर ५ हजार पुर्‍याएर चुनावी प्रतिबद्धता पूरा गर्ने उनको भनाइ थियो । उनले बालबालिकाहरुलाई निःशुल्क शिक्षा, जग्गाविहीनलाई जग्गा, निःशुल्क उपचार लगायतका व्यवस्था गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment