Comments Add Comment

महामारीबीच होटेल सेवा सञ्चालनबारे प्रशिक्षण

१२ फागुन, काठमाडौं । कोरोना महामारीका बीच सुरक्षित रुपमा होटेल सेवा संचालन गर्ने सम्बन्धका केन्द्र स्तरमै प्रशिक्षण शुरु भएको छ । औद्योगिक सम्बन्ध मजबुत र सुमधुर बनाउने उद्देश्यले केन्द्रीय स्तरमा सामूहिक तथा सेवा शुल्क सम्बन्धी सम्झौता २०७५ ले अख्तियारी गरेको अधिकार सम्पन्न संयुक्त कार्यदलले ‘व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तथा कोभिड-१९ ले पर्यटन क्षेत्रमा पारेको असर र बच्ने उपाय विषय’मा तालीम तथा प्रशिक्षण शुरु गरेको हो ।

होटेल संघ नेपाल -हान)को आयोजनामा शुरु भएको यो कार्यक्रमका पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले शुभारम्भ गरे । उक्त अवसरमा तामाङले विषम परिस्थितिमा पनि क्वारेन्टिनको लागि अग्रसर रहेर राज्यलाई सहयोग पुर्‍याएको भन्दै होटेल व्यवसायीको प्रसंशा गरेका छन् । उनले होटल संघ नेपालको सुझाव तथा पहललाई सार्थक बनाउन सम्बन्धित निकायसँग विभागले पहल गरिरहेको जानकारी समेत गराएका छन् ।

हानकी अध्यक्ष सृजना राणाले कोभिड-१९ को विषम परिस्थितिमा होटल उद्योग पनि बाँच्ने र कामदार तथा कर्मचारीहरुलाई पनि बचाउने उद्देश्यले होटल संघ नेपाल, तीनवटै केन्द्रीय ट्रेड युनियन र कार्यदलबीच ऐतिहासिक सहमति भएको बताइन् ।
उनले होटल उद्योगको संरक्षण र सम्वर्द्धन गर्न लगानीकर्ता र कामदार तथा कर्मचारीको उत्तिकै दायित्व रहेको उनको भनाई छ । उनले तालिम, प्रशिक्षण, प्रवर्द्धन तथा सेवा शुल्क संकलन तथा औद्योगिक शान्तिका लागि कार्यदलले समेत काम थालेको उल्लेख गरिन् । उनका अनुसार यस प्रकारका कार्यक्रम सात वटै प्रदेश र प्रदेशमा रहेका होटल संघ नेपालको क्षेत्रीय संघसँग समन्वय गरी थप बिस्तार गरिने छ ।
होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले स्वास्थ्य सुरक्षालाई आत्मसाथ गर्दै मापदण्ड अनुसार होटल सञ्चालनमा जानु पर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment