Comments Add Comment

नेपालको विकास देखेर विश्व चकित छ : प्रधानमन्त्री ओली

१२ फागुन, काठमाडौं । प्रधानमन्न्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले गरेको विकासको काम देखेर विश्व चकित परेको दाबी गरेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले तयार पारेको नेपालको माटोको डिजिटल नक्सा सावजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।  आफूले इमान्दार भएर देश विकासका लागि काम गर्दा केही मानिसहरु अत्तालिएको आरोप पनि उनले लगाए ।

‘मैले होइन, विश्व बैंकले भनेको हो, यो उसको दाबी हो हामीले गरेको विकास विश्वकै लागि राइजिङ स्टार भएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

अर्को वर्ष मुलुकले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले डिजिटल नेपाल निर्माणको कामहरु धमाधम भइरहेको जिकीर गरे ।

थानकोटमा सुरुङ मार्गले गति लिएको, टोखा छहरेमा पनि सुरुङ बन्ने क्रममा रहेको भन्दै प्रधानमन्त्री ओलीले अब डाँडाकाँडामा घुम्दै यात्रा गर्ने दिन नेपालीको सकिने दाबी गरे ।

‘मैले टनेल र पानी जाहज र रेलको कुरा गर्दा मानिसहरु हाँसेका थिए, अहिले टनेल बन्दैछ, युवाहरु उत्साहित भएर स्टिमर भएपनि चलाउन थालेका छन् । एकदिन नेपाली झण्डा फहराउने पानी जहाजमा पनि कोसीमा कुद्छ ।’

एकदिन मुलुकमा रेल पनि कुद्ने भन्दै ओलीले विकासका काम गर्नु नै सरकारको एक मात्र ध्येय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment