Comments Add Comment

दोस्रो टी-२० मा न्युजिल्याण्डको रोमाञ्चक जित, अष्ट्रेलिया ४ रनले पराजित

१३ फागुन , ठमाडौं । घरेलु टोली न्युजिल्याण्डले दोस्रो टी-२० मा खेलमा अष्ट्रलियामाथि रोमाञ्चक जित हात पार्दै ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

बिहीबार भएको खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ४ रनले पराजित गरेको हो ।

डुनेदिनस्थित युनिभर्सिटी ओभरमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१९ रन बनाएको थियो । जवाफमा २२० रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया २० ओभरमा ८ विकेट गुमाएर २१५ रन बनायो ।

अष्ट्रेलियालाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा १० रन मात्र जोड्न सक्यो । अन्तिम ओभर मात्र बलिङ गरेका न्युजिल्याण्डका जेम्स निसमले पहिलो बलमा ड्यानिएल साम्स र पाँचौ बलमा मार्कुस स्टोइनिसलाई आउट गरेका थिए ।

११३ रन हुँदा ६ विकेट गुमाएको अस्थामा स्टोइनिस र साम्सले सातौँ विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । स्टोइनिसले सर्वाधिक ७८ रन बनाए । उनले ३७ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे । यस्तै जोस फिलिपले ४५ र साम्सले १५ बल खेल्दै २ चौका र४ छक्का मद्दतमा ४१ रन जोडे ।

न्युजिल्याण्डका मिचेल सान्टनरले ४ जेम्स निसमले २ विकेट लिए ।

त्यसअघि ओपनर मार्टिन गुप्टिलले ९७ रन बनाउँदा न्युजिल्याण्डले उच्च स्कोर बनाएको थियो । गप्टिलले ५० बल खेल्दै ६ चौका र ८ छक्का मद्दतमा ९७ रन बनाए । यस्तै कप्तान मेन विलियम्सनले ५३ र जेम्स निसमले अविजित ४५ रन जोडे । निसमले १६ बल खेल्दै १ चौका र ६ छक्का प्रहार गरे ।

ओपनर टिम सेइफर्ट ३ रन बनाएर आउट भएपनि गप्टिल र विलियमसनले दोस्रो विकेटका लागि १३१ रनको साझेदारी गरे ।

अष्ट्रेलियाका केन रिचर्डसनले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment