+
+
Shares

भारतमा एकैदिन थपिए १६ हजारभन्दा बढी कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १३ गते १२:५२

१३ फागुन, काठमाडौं । लामो समयदेखि निरन्तर कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्यामा कमी आइरहेको भारतमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका १६ हजार ७३८ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार समग्र कोरोना संक्रमितको संख्या एक करोड १० लाख ४६ हजार ९१४ पुगेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १३८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५६ हजार ७०५ पुगेको छ ।

भारतमा अहिलेसम्म एक करोड २६ लाख ७१ हजारभन्दा धेरैले कोरोना खोप लगाइसकेका छन् । पछिल्लो समय कोरोना संक्रमण बढेसँगै भारतका केही राज्यमा कोरोना रोकथामको उपायमा कडाइ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?