+
+

इन्धनको मूल्यवृद्धिको विरोधमा विद्युतीय स्कुटर चढेर कार्यालय पुगिन् ममता बनर्जी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १३ गते १३:२८

१३ फागुन, काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विद्युतीय स्कुटरमा कार्यालय पुगेकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहीबार उनी प्रदेश सरकारका एक मन्त्रीसँगै आफ्नो सचिवालय पुगेकी हुन् ।

भारतमा पछिल्लो केही सातायता निरन्तर पेट्रेलियम पदार्थको भाउ बढिरहेको छ । भारतको विभिन्न राज्यमा मानिसहरुले इन्धनको मूल्यवृद्धिको निरन्तर विरोध गर्दै आएका छन् ।

भारतको प्रमुख विपक्षी पार्टी कांग्रेसले इन्धनको मूल्यवृद्धिको विरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?