Comments Add Comment

कसरी बढाउने स्मरण क्षमता ?

कुनैपनि पाठ वा पुस्तक पढेपछि त्यसलाई हामी कति लामो समयसम्म स्मरण गर्न सक्छौं ? यो मान्छेको आफ्नो क्षमतामा भर पर्छ । साथसाथै उसले कसरी सो पाठ पढेको छ वा पढ्ने विधी अपनाएको छ भन्ने कुराले पनि यसमा अर्थ राख्छ ।

जबकी हामीमध्ये धेरैले सही ढंगको पठन विधी अपनाइरहेका हुँदैनौं । शिक्षक वा आमाबुवाले पनि सही ढंगले पढाउन वा बुझाउन सकिरहेका हुँदैनन् । कसरी पढ्दा त्यसलाई सजिलो ढंगले स्मरण गर्न सकिन्छ ? सही विधी के हो ?

पढेको पाठलाई राम्ररी स्मरण गर्नका लागि अनेक विधी खोजिएको छ ।

मनोविज्ञानको एक प्रख्यात पत्रिकाले पढ्ने सहि र गलत तरिकाको बारेमा परिक्षण गरेको छ ।

दोहो¥याएर पढौं

तपाईं नयाँ शब्द सिक्ने कोसिस गरिरहनुभएको छ भने धेरैले अपनाउने सबैभन्दा आम रणनीति हो मुखमा नझुण्डिएसम्म रटान लगाएर घोक्ने ।

तर, मनोवैज्ञानिक यो तरिका ठिक होइन । रटान लगाएपनि हाम्रो दिमागले यी कुराहरुलाई सुरक्षित रुपमा भण्डारण गरेर राख्न सक्दैन ।

केही समयको अन्तरमा पढ्ने

तपाईं कुनै किसिमको विषय वा पाठलाई याद राख्न चाहनुहुन्छ भने उक्त लेख, शब्द वा पाठलाई थोरै थोरै अन्तर पछि मात्रै दोहोर्याएर पढ्नुहोस् । यसले तपाईंको स्मरणशक्ति ताजा रहन्छ । कुनै पुस्तकको एक अध्याय पढ्नुहोस् र फेरि केही समय अरु पढ्नुहोस् ।

केहि अन्तराल पछि फेरि पहिले पढेको पाठ पढ्नुहोस् । यो अन्तर एक घन्टा, एक दिन वा एक साताको हुन सक्छ ।

पढिसकेपछि आफूले पढेको कुरा कति सम्झिँए भनेर आफैले परिक्षा लिन सक्नुहुन्छ । यसो गर्नाले तपाईंको दिमाग उक्त विषयसँग कैयौं पटक आमने सामने हुन्छ ।

मूख्य बुँदालाई अन्डरलाइन गर्ने

दोस्रोपटक पढ्ने वा रटान लगाउने तरिका जस्तै यो रणनीति पनि धेरै नै नै आम हो । यो उपायमा कुनै खराबी छैन ।

पढ्ने बेलामा तपाईंलाई जुन कुराः शब्द वा वाक्य महत्वपूर्ण लाग्छ त्यसलाई चिन्ह लगाएर अण्डरलाईन वा हाइलाइट गर्नुहोस् ।

तर, मनोविज्ञान भन्छ यो उपाय धेरैजसो समय तपाईको लागि उपयोगी हुँदैन । धेरै छात्रछात्राहरुले त पुरा प्याराग्राफ नै अण्डरलाईन गर्छन् । उनीहरु महत्वपूर्ण वाक्य र कम महत्वपूर्ण वाक्यमा फरक नै छुट्याउन सक्दैनन् ।

रोकेर मनन गर्ने

कुनै पनि पुस्तक एक पटक पढेपछि त्यसको जुन हिस्सा तपाईंलाई महत्वपूर्ण लाग्छ त्यसलाई अण्डरलाईन गर्न वैज्ञानिकहरुले सल्लाह दिन्छन् ।

तर, दोस्रोपटक पढेर यो काम गर्नुभयो भने तपाईंलाई दोस्रोपटक त्यसै विषयमा सोच्ने मौका मिल्नेछ । तपाईं बेफिक्रि भएर हरेक वाक्यलाई अण्डरलाईन गर्नबाट बच्नुहुन्छ । त्यसैले महत्वपूर्ण भाग मात्रै विचार गर्नुहोस् ।

नोट बनाउने

तपाईं कुनै पनि क्लासरुम वा लाइब्रेरीमा जानुहोस् । धेरै जसो छात्रछात्राहरु नोट बनाउँदै गरेका देखिन्छन् । धेरै विद्यार्थीहरुले अति उत्साहमा फाल्तु कुराहरु पनि नोट गर्ने गर्छन् । तर, पछि ती नोटहरु कुनै कामको हुँदैन ।  त्यसैले आवश्यक कुराहरुमात्रै नोट बनाउनुहोस् ।

छात्रछात्राहरुले जति कम नोट बनाउँछन त्यति नै उनीहरुलाई पढेको कुराहरु याद हुन्छ भन्ने कुरा विभिन्न किसिमले साबित भएको छ । किनभने जब तपाईं पढेको कुनै अध्यायलाई नापतौल गरेर शब्दमा नोटको रुपमा लेख्नुहुन्छ तब तपाईंलाई गहिराईमा गएर सोच्नुपर्छ । शब्द र वाक्यलाई नयाँ तरिकाबाट सम्झिनुपर्छ ।

यसो गर्दा तपाईंको दिमागले पढेको कुराहरुलाई दोस्रोपटक याद गर्छ । महत्वपूर्ण कुराहरुलाई स्टोर गर्छ । अक्सर कागजमा कलमले नोट बनाउनु धेरै फाइदाकारी हुन्छ । ल्यापटप वा कम्प्युटरमा टाइप गरेर नोट बनाउनु पाठहरु स्मरण गर्ने त्यति प्रभावकारी तरिका होइन ।

आउटलाइन बनाउने

धेरै शिक्षकहरुले आफ्नो छात्रछात्रालाई कुनै पनि पाठको एक खाका तयार बनाउन भन्छन् । कुनै पनि विषयको कुन महत्वपूर्ण कुरालाई पछि गएर पढ्न र याद राख्नुपर्छ ।

शिक्षकहरुले कैयौंपटक यो काम आफै गर्छन् र कैयौपटक छात्रछात्राहरुसँग पनि गराउँछन् । आउटलाईन वा खाका तयार गर्नाले छात्रछात्राहरुलाई विषय सम्झिन मद्धत पुग्छ ।

विषयको गहिराई बुझ्ने

पहिले एक सामान्य खाका तयार गर्नुहोस् र फेरि विषयको गहिरो कुराहरुलाई त्यसमा टिपोट गर्नाले याद राख्न सजिलो हुन्छ । यसले विषय सम्झिन पनि धेरै सजिलो हुन्छ ।

तपाईं कुर्नै पनि लेक्चरको महत्वपूर्ण मुद्दाहरुलाई बुलेट प्वाइन्ट तयार गर्न सक्नुहुन्छ । याद राख्नुहोस् जति कम शब्दमा लेख्नुहुन्छ त्यति नै पछि याद गर्न सजिलो हुन्छ ।

आफ्नै जाँच लिने

जुन कुनै पाठ पढेका हुन्छन् त्यसलाई धेरै विद्यार्थीहरुले आँफैसँग परिक्षा लिएर कत्तिको तयारीलाई भएको छ त्यो बुझ्ने गर्छन् । तथ्यहरुलाई कति गहिराइले सम्झिएको छ यो थाहा पाउनको लागि आँफै प्रश्न गर्छन । यसले स्मरणशक्ति बढ्छ र, पछि परिक्षामा अझै राम्रो गर्न सकिन्छ ।

धेरै मानिसहरु उनीहरुको दिमागको सम्झिने सीमा कति छ भनेर थाहा पाउँदैनन् । उनीहरु आँफैलाई धेरै स्मार्ट सोच्छन् । जबकी वास्तविकतामा उनीहरु त्यति चतुर हुँदैनन् । अति आत्मविश्वासबाट सबैजना बच्नुपर्छ ।

कुनै पाठ स्मरण गर्न जति सावधानी र मेहतन गर्नुपर्छ उनीहरु त्यो गर्न पाउँदैनन् । अति आत्मविश्वासमा मानिसहरु आफूलाई याद भएको दाबी गर्छन् । तर, आवश्यकता परेको बेलामा पछि उनीहरु दिमागको आलमारीबाट उक्त पाठ निकाल्न पाउँदैनन् ।

हामी जे पढ्छौं त्यसको एक ठूलो भाग समयसँगै पछि भुल्न सक्छौं । यसैले कुनै पाठ पढेको केही अन्तराल पछि नै आँफैलाई दोस्रोपटक जाँच गर्नुहोस् र विचार गर्नुहोस् साँच्चै नै याद भएको छ कि छैन ।

बिबिसीबाट अनुवाद  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment