Comments Add Comment

मिर्गौलामा संक्रमणको सामान्य लक्षण 

मिर्गौलाको समस्या दिनप्रतिदिन बढ्दो छ । खासगरी खराब दिनचर्या र खानपानले मिर्गौलामा अनेकन समस्या देखापर्न थालेका छन् ।

खानपानको गलत बानीले मिर्गोलाको कार्यसम्पादनलाई प्रभावित गर्छ र विषाक्त पदार्थहरु बाहिर निकाल्नबाट रोक्छ । यस्तोमा हाम्रो शरीरले पनि हाम्रो मिर्गाैलामा संक्रमण छ भनेर केही स्पष्ट संकेत दिन्छ ।

बारम्बार पिसाब आउने

यदि धेरै तरल पदार्थहरुको सेवन नगरेको अवस्थामा पनि तपाईंलाई बारम्बार पिसाब फेर्न जानुपर्छ भने यो मिर्गौलामा संक्रमणको स्पष्ट संकेत हो । ब्याक्टेरियाहरुले किड्नीमा हस्तक्षेप गर्नाको कारण यस्तो हुन सक्छ । तपाईंलाई लगातार पिसाब गर्न जाने इच्छा महसुस हुन्छ ।

पिठ्युँमा दुखाई

मिर्गौला सुन्निने र संक्रमणको कारण पिठ्युँको दुखाई हुन सक्छ । यदि तपाईंको पिठ्युमा अचानक दुखाई महसुस हुन्छ भने यसलाई नदेखेको जस्तो नगर्नुहोस् । लामो समयसम्म पिठ्युँमा दुखाई भएमा यसले किड्नीमा गम्भिर इन्फेक्सनको संकेत दिन्छ ।

पिसाबमा रगत आउने

पिसाबमा रगत आइरहेको छ भने यो मिर्गौलामा संक्रमणको लक्षण हुन सक्छ । पिसाबमा रक्तश्राव कम हुन सक्छ तर यसलाई बेवास्ता नगर्नुहोस् । यो किड्नी सुन्निने कारण पनि हुन सक्छ ।

पिसाब फेर्दा दुखाई

पिसाब फेर्दा पोल्ने र दुखाई महसुस हुनु पनि मिर्गौला संक्रमणको संकेत हुन सक्छ । मानिसहरु अक्सर यसलाई बेवास्ता गर्छन् तर तपाईले तुरुन्त डाक्टरसँग भेट्नुपर्छ । यो मिर्गौला र मुत्राशय सुन्निने कारण पनि हुन सक्छ ।

पिसाब गर्दाको समयमा गन्ध

सामान्य अवस्थामा पिसाबबाट असामान्य गन्ध आउँदैन । यदि अचानक पिसाबबाट अजीव गन्ध आएको जस्तो तपाईंलाई लाग्यो भने यसलाई नदेखेको जस्तो नगर्नुहोस् । यो मिर्गौलामा इन्फेक्सनको कारण हुन सक्छ यस्तो भएमा डाक्टरसँग तुरुन्त भेट्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment