+
+

राजर्षी गुरुकुलको खेलकुद सल्लाहकारमा ज्ञानेन्द्र मल्ल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १३ गते १६:५२

१३ फागुन, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल राजर्षी गुरुकुलको प्रमुख खेलकुद सल्लाहकारमा नियुक्त भएका छन् ।

राजर्षीले बिहीबार एक कार्यक्रमका बीच मल्लाई खेलकुद सल्लाहकार नियुक्त गरेको हो । राजर्षी गुरुकुलका चेयरम्यान राजेश चौधरी र कप्तान ज्ञानेन्द्र मल्लबीच बिहीबार एमओयू भएको हो ।

कार्यक्रममा राजर्षी गुरुकुलका प्रिन्सिपल लिओन श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सदस्य छुम्बी लामा पनि उपस्थित थिए ।

शैक्षिक क्षेत्रमा विश्वस्तरिय सेवा दिइरहेक राजर्षीले खेलकुदलाई पनि पाठ्यक्रमको मुख्य पार्टको रुपमा रहेको जनाएको छ ।

राजर्षी गुरुकुलको डिरेक्टर दिनेश भुषालले ज्ञानेन्द्रसँग खेलकुद सल्लाहकरको रुपमा एमओयू गरेको जानकारी दिए । मल्ले अब त्यहाको खेलुकदलाई निर्देशन गर्ने र राष्ट्रिय टिमको कप्तानसँग सहकार्य गर्न पाउँदा आफूहरु उत्साहित भएको बताए । साथै उनले विद्यार्थिहरु समेत यसबाट उत्साहित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?