News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
- मल्लले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु ऐतिहासिक उपलब्धि भएको र समृद्ध नेपाल निर्माणको सुरुवात भएको उल्लेख गरे।
- उनले प्रधानमन्त्रीलाई चुनौतीमा शान्त र सचेत रहन, साहसी निर्णय लिन र राष्ट्र निर्माणका लागि ऊर्जा प्राप्त होस् भने कामना व्यक्त गरे।
१३ चैत, काठमाडौं । पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले नवनियुक्त प्रधानमन्त्री बालेन शाह लाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
नेपालको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै मल्लले यसलाई केवल राजनीतिक पदको प्राप्ति मात्र नभई ‘सबल र समृद्ध नेपाल’ निर्माण गर्ने दीर्घकालीन यात्राको सुरुवातको रूपमा व्याख्या गरेका छन्।
उनले यस कार्यकाललाई आगामी पुस्ताका लागि ‘स्वर्णिम भविष्यको मार्गचित्र’ को रूपमा चित्रण गरेका छन्।
उनले प्रधानमन्त्रीलाई जस्तोसुकै चुनौतीमा शान्त र सचेत रहन, कठिन निर्णय लिन साहसी बन्न र राष्ट्र निर्माणका लागि अदम्य ऊर्जा प्राप्त होस् भन्ने कामना व्यक्त गरेका छन्।
साथै, नेपालमा नयाँ र सुनौलो युगको सुरुवात भएको विश्वास समेत व्यक्त गरेका छन्।
प्रतिक्रिया 4