Comments Add Comment

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु निर्वाचित 

१४ फागुन, बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु निर्वाचित भएका छन् । संघको २४ औं अधिवेशन अन्तर्गत बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी हरिप्रसाद अर्याललाई पछि पार्दै कसजु निर्वाचित भएका हुन् ।

कसजुले ६ सय ६२ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी अर्यालले ४ सय ८३ मत प्राप्त गरेका छन् । कसजु संघको वरिष्ठ उपाध्यक्ष र अर्याल वाणिज्य उपाध्यक्ष थिए ।

नेपाली कांग्रेस निकट व्यवसायीको बाहुल्यता रहेको संघको नयाँ नेतृत्वका लागि कांग्रेसले कसजूलाई आधिकारिक उम्मेदवार बनाइएको निर्णय नै गरेको थियो । अर्याल पनि कांग्रेस समर्थक नै हुन् । कसजुलाई पार्टीसँगै संघका अधिकांश पूर्वअध्यक्ष, निवर्तमान अध्यक्षको साथ थियो । अर्याल भने पार्टीको निर्णयलाई चुनौति दिँदै एक्लै उम्मेदवारी दिएर संस्थागत प्यानलका उम्मेदवारलाई कडा टक्कर दिन सफल भए ।

यस्तै सचिव पदमा मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले बाबुराम विश्वकर्मा र सूर्य पराजुलीलाई पराजित गरे ।

कोषाध्यक्ष पदमा भेषराज गैरेलाई पराजित गर्दै नविन श्रेष्ठ विजयी भएका छन् । कार्यसमिति सदस्य पदमा दिनेश श्रेष्ठ, दीपकप्रसाद चापागाई, कृष्ण श्रेष्ठ, मोहमद जमिल खान, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिविक्रम श्रेष्ठ निर्वाचित भएका छन् । महिला सदस्यमा जमुना पौडेल र मीना प्रधान विजयी भएका प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले जानकारी दिए ।

संघको वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिव पदमा विमलराज भट्टराई तथा एशोसिएट सदस्य पदमा आनन्दप्रसाद ओझा निर्वाचित भएका छन् ।

चार उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र संजय कलवार जयसवाल चुनिएका छन् । यसैगरी चार वाणिज्य सदस्यमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment