Comments Add Comment

एसी मिलानलाई अवे गोलको फाइदा, नापोली बाहिरियो

१४ फागुन, काठमाडौं । इटालियन क्लब एसी मिलान अवे गोलका आधारमा सर्वियन क्लब क्रेना जेज्दालाई पछि पार्दै युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

यस्तै पोर्चुगिज क्लब बारगालाई हराउँदै इटालियन क्लब रोमा पनि अन्तिम १६ मा प्रवेश गर्दा अर्को इटालियन क्लब नापोली भने स्पानिस क्लब ग्रानडासँग पराजित हुँदै बाहिरिएको छ ।

मिलानको घरेलु मैदानमा भएको दोस्रो लेगको ल १-१ को बराबरी भएपछि समग्रमा स्कोर ३-३ भएको थियो । पहिलो लेगमा अवे मैदानमा दुई गोल गरेकोले एसी मिलान अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो । दोस्रो लेगमा मिलानका लागि फ्रान्क केसीले नवौं मिनेटमा पेनाल्टीमा गोल गरे । जेज्दाका लागि २४औं मिनेटमा एल फ्राडोउ बेन नाबोउहानेले गोल गरे ।

यस्तै अर्को खेलमा रोमाले ब्रागालाई ३-१ ले पराजित गर्दै समग्रमा ५-१ को जित हात पारेको हो । पहिलो लेगमा रोमा २-० ले विजयी भएको थियो । दोस्रो लेगमा रोमाका लागि एडेन जेकोले २४औं, चार्ल्स परेजले ७५औं र बोया मोयारलले इन्जुरी टाइममा गोल गरे । रोमाकै ब्रायन क्रिस्टान्टेले एक आत्मघाती गोल गरेका थिए ।

उता नापोली भने दोस्रो लेगमा ग्रानडाविरुद्ध २-१ ले जित हात पारे पनि समग्रमा ३-२ ले पराजित हुँदै बाहिरियो । पहिलो लेगमा नापोली ग्रानडासँग २-० ले हारेको थियो । घरेलु मैदानमा नापोलीका लागि पिओर जेलिन्स्कीले तेस्रो र ५९औं मिनेटमा फाबियनले गोल गरे । ग्रानडाका लागि एन्जल मोन्टोरोले २५औं मिनेटमा गोल गरेका थिए ।

ग्रानडासँगै अर्को स्पानिस क्लब भियारियल पनि अन्तिम १६ मा प्रवेश गरेको छ । भियारियलले अष्ट्रियन क्लब साल्जवर्गलाई दवस्रो लेगमा २-१ ले पराजित गर्दै समग्रमा ४-१ को जित हात पारेको हो ।

घरेलु मैदानमा भियारियालले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै खेल जितेको हो । मेर्गिम बेरिसाले १७औं मिनेटमा गोल गर्दै साल्जवर्गलाई अग्रता दिलाए पनि जेरार्ड मवरेनोले ४०औं मिनेटमा भियारियालका लागि बराबरी गोल पर्काए । यस्तै ८९औं मिनेटमा मोरेनोले नै पेनाल्टीमा गोल गर्दै भियारियललाई जित दिलाए । पहिलो लेगमा भियारियल २-० ले विजयी भएको थियो ।

यसैगरी युक्रेनी क्लब शाख्तर डोनेस्क र डाइनामो किभ पनि अन्तिम १६ मा पुगेका छन् । शाख्तरले इजरायाली क्लब मकाई तेल अभिभिलाई समग्रमा ३-० ले हरायो । यस्तै किभले ब्रुगलाई समग्रमा २-१ ले पराजित गरेको हो ।

यस्तै डच क्लब अयाक्स, ग्रीक क्लब ओलम्पियाकोस, क्रोएसिन क्लब डाइनामो जाग्रेब, स्वीस क्लब योङ ब्वाइज, नर्वेजियन क्लब मोल्डे, स्कटस क्लब रेन्जर्स पनि अन्तिम १६ मा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment