
१४ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय ४४ जनाको नमुना परीक्षण गर्दा ४४ महिला र ६८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । तीमध्ये थप ४ जना सहित २ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५४ जना निको भएसँगै हालसम्म २ लाख ७० हजार २७७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ९३६ रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4