Comments Add Comment

च्याम्पियन्स लिग : प्रिक्वाटरफाइनल पहिलो लेगमा पाहुना टिमको दबदबा

१४ फागुन, काठमाडौं । युरोपियन फुटबलको प्रतिष्ठित क्बल पुटबल प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगका खेलहरु सम्पन्न भएका छन् । राउन्ड अफ १६ अर्थात प्रिक्वाटरफाइनल खेलको पहिलो लेगको ८ खेलमध्ये ७ खेल भ्रमणकारी टिम वा पाहुना टिमले जित्यो ।

एक खेल मात्र घरेलु टिमले जित्यो । पोर्चुगलको एफसी पोर्टो मात्र अपवाद रह्यो । पोर्चुगिज क्लब पोर्टोले घरेलु मैदानमा इटालियन च्याम्पियन युभेन्टसलाई २-१ ले पराजित गर्न सफल रहयो । बाँकी सबै खेल अवे टोलीले जिते ।

स्पानिस जायन्ट बार्सिलोना घरेलु मैदानमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग पराजित भयो । पीएसजीले बार्सिलोनालाई उसैको मैदानमा ४-१ ले हराउँदै शानदार जित हात पारेको थियो ।

गत सिजन यही बेला चार घरेलु टोलीले खेल जित्दा ३ अवे टोलीले जितेका थिए । एक खेल बराबरी भएको थियो ।

त्यसअघि सन् २०१३-१४ सिजनमा पनि १ होम टिमले मात्र खेल जितेका थिए । त्यसबेला ६ अवे टिमले जित्दा १ खेल बराबरी भएको थियो ।

अन्तिम १६ को पहिलो लेगको नतिजा :

एटलान्टा ०-१ रियल म्याड्रिड

एटलेटिको म्याड्रिड ०-१ चेल्सी

बार्सिलोना १-४ पिएसजी

आरबी लाइपजित ०-२ लिभरपुल

लाजियो १-४ बायर्न म्युनिख

बोरुसिया मोन्चेनग्लाडबाक ०-२ म्यान्चेस्टर सिटी

एफसी पोर्टो २-१ युभेन्टस

सेभिल्ला २-३ बोरुसिया डर्टमुन्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment