१४ फागुन, विराटनगर । बलात्कारपछि लुटपाट गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले एक युवकलाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल टिकटक मार्फत चिनजान भएकी युवतीलाई दुई दिनसम्म होटलमा करणी गरी युवतीको गरगहना र पैसा लिएर फरार भएको आरोपमा कास्की कास्कीकोट गाउँपालिका– ४ का ३९ वर्षीय राजीव गुरुङलाई पक्राउ गरेको हो ।
इटहरीकी युवतीलाई ठगेर फरार भएका गुरुङलाई झापाकी महिला भेट्न जार्दै गर्दा इटहरीबाटै पक्राउ गरेको प्रहरीको दावी छ ।
कास्कीबाट गत माघ २५ गते आएका गुरुङ इटहरी उपमहानगरपालिका– ९ स्थित आरआर होटलमा दुई दिन बसेका थिए । त्यसपछि युवती नुहाउन वाथरुम गएका बेला माघ २७ गते सुनको झुम्का, ब्रास्लेट, सिक्री, नगद २७ हजार पाँचसय, सांग्रिला विकास बैंकको एटीएम र मोबाइल फोन लिएर भागेको भन्दै प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।
त्यसपछि गुरुङ सामाजिक सञ्जाल मार्फत नै चिनजान भएकी झापाकी महिलालाई भेट्न आउँदै गर्दा इटहरीबाट पक्राउ परेका हुन् । पक्राउ परेका गुरुङको साथबाट उजुरी गर्ने महिलाको बैंकको एटीएम कार्ड पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4