Comments Add Comment

पेरिसमा कर्म विमोचन

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठको उपलक्ष्यमा पेरिसमा ‘कर्म’ स्मारिका विमोचन गरिएको छ ।

स्मारिकाको नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजे र पेरिसस्थित नेपाली राजदूत दीपक अधिकारीले भर्चुअल माध्यमबाट संयुक्तरुपमा शुक्रबार विमोचन गरेका हुन् ।

यो पुस्तक नेपाली साहित्यिक मन्च फ्रान्सले प्रकाशन गरेको हो । शुक्रबार फ्रासेली महान साहित्यकार भिक्टर ह्यूगो को २१९ औं जन्म जयन्ती पनि हो ।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालस्थित फ्रान्सेली राजदूत जाभिए लेजेले कोभिड १९ ले सिर्जना गरेको विषम् परिस्थितिमा पनि यो स्मारिका प्रकाशित गरिएको गर्व गर्दै स्मारिकाले नेपाल र फ्रान्स बीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ पार्ने विश्वास व्यक्त गरे ।

नेपाल र फ्रान्सको सम्बन्ध दुई देशका नागरिकहरुको आत्मिय विश्वासमा अडेको उल्लेख गर्दै उनले नेपाल र फ्रान्स दुवैले पर्यटनका क्षेत्रमा विविध विकासमा विविधीकरणको खाँचो रहेको औल्याउनुभयो ।

यसैगरी पेरिसस्थित नेपाली राजदूत दीपक अधिकारीले नेपाल र फ्रान्सको कुटनीतिक सम्बन्धको विकास २० अप्रिल १९४९ मा भएको स्मरण गर्दै दुवै मुलकका बीच विगतमा ऐतिहासिक भ्रमणहरु भएका र दुई देशहरुका हिमाली सस्कृति र जीवन पद्दति उस्तै खालका देखिने गरेको उल्लेख गरे ।

उनले दुई देश बीचको सम्बन्ध प्रगाढ बनाउन आपसी सहयोग समाझदारी र समानातालाई ध्यान दिइएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment