+
+

कोरोना पोजेटिभ व्यक्ति काठमाडौंबाट जहाज चढेर दिल्ली पुगे

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १५ गते १०:०२

१५ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौंबाट दिल्ली पुगेका एकजना यात्रुको साथमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ रिपोर्ट फेला परेको छ ।

शुक्रबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलस्थित निगमका कर्मचारीको लापरबाहीका कारण पोजेटिभ रिपोर्ट आएका यात्रुलाई समेत जहाज चढाएको अनुमान छ ।

विमानस्थल स्रोतका अनुसार दिल्ली पुगेको जहाजमा कुल १४१ यात्रु थिए। कोभिड-१९ पोजेटिभ रिपोर्ट बोक्ने यात्रु महिला हुन् । उनको साथ र आसपास बस्ने ११ जना यात्रुलाई आइसोलेसनमा पठाइएको छ ।

कोभिड-१९ पोजेटिभ रिपोर्ट भएका यात्रुलाई जहाज चढाउन पाइँदैन । नेपाल आउने र बाहिरिने सबै यात्रुको साथमा ७२ घन्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट हुनुपर्छ ।

नेपाल एयरलाइन्सकि प्रवक्ता करिष्मा श्रेष्ठले यात्रुको साथमा कोभिड पोजेटिभ रिपोर्ट भएको खबर आएको पुष्टि गरिन । ‘मैले पनि यो खबर सुने,’ अनलाइनखबरसँग उनले भनिन्, ‘तर मसँग आधिकारिक पत्र आइसकेको छैन ।’

नेपाल एयरलाइन्सका कर्मचारीको लापरबाहीका कारण यसअघि पनि पटकपटक कम्पनीले कारबाही भोग्नु परेको छ । तर, व्यवस्थापनले भने कर्मचारीलाई कारबाही गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?