Comments Add Comment

विश्व शान्ति स्यांक्चुरीको वेभसाइट सार्वजनिक

१५ फागुन, काठमाडौं । विश्व सम्पदासूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा बन्न लागेको ‘विश्व शान्ति स्यांक्चुरी’को आधिकारिक वेबसाइट सार्वजनिक भएको छ ।

शनिबार बिहान लुम्बिनीमा भएको एक कार्यक्रमबीच शान्तिको लागि बन्न लागेको शान्ति-भवन (स्यांक्चुरी) सम्बन्धी वेभसाइट सार्वजनिक गरिएको हो ।

परमआदरणीय श्याल्पा तेन्जिङ रिम्पोचेको परिकल्पनामा बन्न लागेको पिस स्यांक्चुरी विश्वकै ठूलो शान्ति-स्मारक हो । जहाँ सभाहलसहितको विशाल भवन बन्ने तयारी छ ।

सभामा बोल्दै श्याल्पा तेन्जिङ रिम्पोचेले पिस स्यांक्चुरी विश्वभरिका मानव समुदायको सम्पत्ति भएकाले त्यसलाई सबैको प्रयत्नमा बनाउनुपर्ने बताए । उनले जनताको एकएक रुपैयाँको सहभागिताबाट नेपालमा विश्वकै प्रतिष्ठित शान्ति स्यांक्चुरी बनाउन आफूले शंकल्प साँचेको उद्घोष गरे ।

वेभसाइट सार्वजनिक कार्यक्रममा चर्चित व्यवसायीहरू प्रसिद्ध बहादुर पाण्डे, ध्रुव कुमार श्रेष्ठ, शंकर घिमिरेलगायत उपस्थित थिए ।

www. peacesanctury. org नामको उक्त वेभसाइटबाट विश्व शान्ति स्यांक्चुरीबारे विस्तृतमा जानकारी लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment