+
+

सुत्केरीको मृत्यु भएपछि प्युठान अस्पतालविरुद्ध नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते १३:४०
अस्पतालविरुद्ध प्रदर्शनमा उत्रिएकाहरु । तस्वीर : विजयसिंह भारती

१६ फागुन, प्युठान । प्युठान अस्पतालमा शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका-७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको मृत्यु भएपछि परिवारका सदस्य र आफन्तले अस्पताल परिसरमा भेला भएर विरोध प्रदर्शन गरेका छन् ।

डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । अनिसाको तस्वीर अंकित ब्यानरसहित प्रदर्शनमा उत्रिएकाहरुले ‘अनिसालाई न्याय दे’लगायतका नारा लगाएका छन् ।

आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान उनीहरुले लिएका छन् ।

अनिसाले गत बिहीबार पहिलो शल्यक्रिया गरेर बच्चा जन्माएकी थिइन् । शनिबार फेरि दोस्रो पटक शल्यक्रिया गरिएको थियो । अनिसाको स्वास्थ्य जटिल बन्दै गएपछि अस्पतालका चिकित्सकले शनिबार राति २ बजे बुटवल रिफर गरेका थिए । तर, बुटवल नपुग्दै तीन बजेतिर उनको मृत्यु भएको अनिसाका श्रीमान् सुदन थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?