Comments Add Comment

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुरु

१६ फागुन, काठमाडौं । काठमाडौंस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुरु भएको छ । सेतो मच्छिन्द्रनाथ मन्दिरको आइतबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गरे।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको मन्दिर भारत सरकारको ५ अर्ब ८० करोड रुपैयाँको आर्थिक सहयोगमा पुनर्निर्माण गरिन लागिएको हो ।
सेतो मच्छिन्द्रनाथ मन्दिर १०औं शताब्दीमा मल्लकालमा निर्माण भएको विश्वास गरिँदै आएको छ । पुनर्निर्माण गर्दा यसको मौलिकतालाई यथाशक्य कायमै राख्ने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment