Comments Add Comment

बन्धक बनाएर १० लाख फिरौती मागेको अभियोगमा ३ पक्राउ

१६ फागुन, काठमाडौं । विराटनगर महानगरपालिका-१८ खोक्सा बस्ने २३ वर्षीय पुरुषलाई बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती मागेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ दरैयाका २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र वडा नम्बर ६ रामपुरका २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् ।

बन्धक बनाएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-६ रामपुरबाट पीडितलाई दुई घण्टाभित्रै सकुशल उद्धार गरेको थियो । प्रहरीले रोहितलाई शनिबार बेलुका उनकै घरबाट, अजयलाई आइतबार बिहान विराटनगर-१२ बखरीबाट र सन्ध्यालाई आइतबार बिहान विराटगरको पोखरियाबाट पक्राउ गरेको हो ।

उनीहरूले पीडितलाई बन्धक बनाएर परिवारसँग १० लाख रुपैयाँ फिरौती समेत मागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरूमाथि अपहरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment