
१७ फागुन, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक दुईदिने राष्ट्रिय गोष्ठीको उद्घाटन समारोहमा बोल्दै मन्त्री आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका हुन् ।
दाह संस्कारका लागि वन तथा वातावरण मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने उनको भनाइ छ । ‘पशुपति आर्यघाटमा १२-१५ हजार तिरेर दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थामा कम्तिमा यो निःशुल्क गर्नुपर्छ भनेर मेरो मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ,’ उनले भने, ‘यसैपल्ट यो लागू गर्दैछौं ।’
मन्त्री आलेले खुल्ला चिडियाखानाको अवधारणा पनि अगाडि बढाइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4