+
+

ओलीले राजीनामा दिनेमा विश्वस्त छु : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १७ गते २०:००
फाइल तस्वीर

१७ फागुन, हेटौंडा । नेकपा प्रचण्ड–माधव समूहका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

प्रेस संगठन नेपाल बागमती प्रदेशको हेटौंडामा सोमबार आयोजित दोस्रो भेलालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने र उनले त्यसो गर्नेमा आफू विश्वस्त रहेको बताए । प्रधानमन्त्री ओलीको राजीनामा पछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदमको विरुद्धमा अदालतले फैसला दिएसँगै उनी निराश बनेको उनको भनाइ छ ।

पत्रकारले ‘कू’ को समर्थन गरे

नेता भट्टराईले प्रधानमन्त्री ओलीले संविधान मिचेर ‘कू’ गर्दा समेत केही पत्रकारले त्यसको विरोध गर्नुभन्दा पनि ताली पिट्दै समर्थन गर्नु दुर्भाग्य भएको बताए ।

उनले देशमा भएको आमुल परिवर्तनमा प्रेसको भूमिका अतुलनीय रहेको र समग्र प्रेस जगतप्रतिको स्वतन्त्रता कायम राख्न आफ्नो समूह कटिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?