
१७ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४९ जनाको नमुना परीक्षण गर्दा २९ महिला र ४४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ । तीमध्ये सोमबार थप ३ सहित हालसम्म २ हजार ७७७ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६४ जना निको भएसँगै २ लाख ७० हजार ४७१ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९६८ रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4