Comments Add Comment

महाधिवेशनका लागि राप्रपाले गठन गर्‍याे केन्द्रीय निर्वाचन समिति

१८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ । आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि हरिबहादुर बस्नेतको अध्यक्षतामा केन्द्रीय निर्वाचन समिति गठन गरेको राप्रपाले जनाएको छ ।

समितिको सहअध्यक्षमा तोरणबहादुर गुरुङ, सचिवमा गीताभक्त जोशी तथा सहसचिवमा झनक प्याकुरेल रहेका छन् । रोशन कार्की, कैंया चौधरी, श्यामबहादुर शाही, पुष्कर अधिकारी र रामेश्वर श्रेष्ठ निर्वाचन समितिको सदस्य रहेको राप्रपाले जनाएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन प्रतिनिधिहरुको निर्वाचनको मितिसमेत तोकिसकेको छ । प्रतिनिधिको निर्वाचन आगामी वैशाख १० गते गर्ने निर्णय बैठकले गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment