Comments Add Comment

रुसका शीर्ष अधिकारीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

१९ फागुन, काठमाडौं । अमेरिकाले रुसका शीर्ष अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ ।

रुसका भ्रष्टाचार विरोधी नेता एलेक्सी नाभाल्नीलाई विष दिएर हत्या प्रयास गरेको भन्दै अमेरिकी सरकारले रुसका सात शीर्ष अधिकारीहरु तथा रासायनिक र जैविक वस्तु उत्पादन गर्ने १४ संस्थामाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

जो बाइडन प्रशासनका शीर्ष अधिकारीहरुका अनुसार प्रतिबन्ध लगाइएकाहरुमा केही गुप्चर अधिकारीहरुसमेत सामेल छन्, जो नाभाल्नीलाई विष दिएको प्रकरणमा संलग्न थिए ।

रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीलाई गत वर्ष साइबेरियामा झुक्याएर विष पिलाइएको थियो र एक स्वतन्त्र जाँच आयोगले रुसी एजेन्टले नाभाल्नीको हत्या प्रयास गरेको निष्कर्ष निकालेको थियो । यद्यपि रुसले नाभाल्नीको हत्या प्रयास गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

विषका कारण गम्भीर विरामी परेर कोमामा पुगेका नाभाल्नीलाई जर्मनी लगेर उपचार गरिएको थियो । यसै वर्षको जनवरीमा उनी जर्मनीबाट रुस फर्किएका थिए । रुस फर्किएलगत्तै उनलाई पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment