Comments Add Comment

उपासनलाई फिल्मको सेड्यूल मिलाउनै धौ–धौ

चलचित्र क्षेत्र चलायमान हुन थालेपछि छायांकनले पनि गती लिएको छ । चलचित्र निर्माणमा निर्माताहरुले उत्सुकता देखाइरहेका छन् । चलचित्र क्षेत्र १० महिनासम्म सुनसान हुँदा धेरै कलाकार कामविहिन भए । तर, यतिबेला केही कलाकारलाई भने भ्याइनभ्याई नै भएको छ । लकडाउनपछि सर्वाधिक व्यस्त हुने नायिकामा पर्छिन्, उपासना सिंह ठकुरी ।

चलचित्र ‘डिसेम्बर फल्स’को ७० प्रतिशत छायांकन पोखरामा सम्पन्न गरेर काठमाण्डौ फर्किएकी उपासनालाई चलचित्रका लागि समय मिलाउन नै धौ–धौ परिरहेको छ । यो चलचित्रको ३० प्रतिशत छायांकन बाँकी नै छ । यसमाथि, उनलाई ‘सत्यम् र मिरर’का लागि पनि समय दिनुपर्नेछ ।

उपासना भन्छिन्–‘सत्यम् र मिरर’को समय तालिका जुध्यो भने काम गर्न समस्या पर्न सक्छ । तर, मलाई दुबै चलचित्रको कथा मन परेको छ । यसैले, दुबैमा काम गर्न म उत्सुक छु ।’ उपासनाले गतबर्ष चलचित्र ‘कबड्डी ३’मा पनि काम गरिन् । ‘कबड्डी ४’को बिषयमा सोधिएको प्रश्नमा उनले भनिन्–‘खै, म कबड्डी ४’मा हुन्न होला ।’

उपासनाले करिअरको सुरुवात नै नायक अनमोल केसीसँग चलचित्र ‘क्याप्टेन’बाट गरेकी थिइन् । यसपछि, चम्किएकी उनले ‘कबड्डी ३’ जस्तो हिट सिरिजमा काम गरिन् । यसपछि, आर्यन सिग्देलसँग ‘डिसेम्बर फल्स’मा काम गरेकी उनलाई राजेश हमाल, पल शाह, अनुप विक्रम शाही जस्ता कलाकारले अभिनय गर्ने ‘सत्यम्’का लागि पनि समय मिलाउनुछ । अर्कोतिर, उनले फेरि नायक आर्यन सिग्देलसँगै चलचित्र ‘मिरर’मा पनि काम गर्ने तयारी गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment