Comments Add Comment

मे महिनासम्म सबै वयस्क नागरिकलाई कोरोना खोप पुर्‍याउने बाइडनको प्रतिबद्धता

१९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी मे महिनाको अन्तिमसम्म मुलुकका सबै वयस्क मानिसहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकामा तेस्रो खोपको उत्पादन पनि उल्लेख्य संख्यामा बढाउन लागिएसँगै बाइडनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

ह्वाइट हाउसमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै बाइडनले यसअघि तोकिएको भन्दा पहिला नै मुलुकका सबै वयस्क नागरिकले कोरोना खोप पाउने बताएका हुन् । अमेरिकी नियामकले जोन्सन एण्ड जोन्सनले बनाएको तेस्रो कोरोना खोपलाई अनुमति दिएको छ । तेस्रो खोपको कारण यसअघिको योजनाभन्दा पहिला नै वयस्क मानिसहरुले कोरोना खोप पाउने भएका हुन् । यसअघि अमेरिकाले फाइजर र मोडेर्नाको खोपबाट जुलाईसम्ममा सबै वयस्क नागरिकलाई कोरोना खोप दिन सकिने बताएको थियो ।

अमेरिका संक्रमित तथा मृतक संख्याको आधारमा कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो । यद्यपि पछिल्लो केह सातायता अमेरिकामा कोरोना संक्रमण र मृतकको संख्यामा पनि निरन्तर कमी देखिएको छ । अमेरिकामा अहिलेसम्म कोरोनाबाट पाँच लाख १६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने दुई करोड ८७ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment