+
+
Shares

कर छलेको आरोपमा तापसी र अनुरागको घरमा छापा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते १६:५८

भारतको आयकर विभागले बलिउड नायिका तापसी पन्नु र निर्देशक अनुराग कश्यपको घरमा छापा मारेको छ । उनीहरुले कर छली गरेको आशंकमा छापा मारिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यस्तै, चलचित्रकर्मी विकास वाहलको घरमा पनि आयकर विभागले छापा मारेको छ ।

अनुरागको फिल्म निर्माण कम्पनी फ्यान्टमसँग सम्बन्धित रहेर आयकर विभागले छापा मारेको मिडिया रिपोर्टमा उल्लेख छ । मुम्बइमा यी बलिउडकर्मीको घरका साथै अन्य विभिन्न २० स्थानमा पनि आज आयकर विभागले छापा मारेको छ ।
उनीहरुलाई कर छली गरेको आरोप लागेको छ । तापसी र अनुराग चलचित्र ‘दोबारा’को छायांकनमा व्यस्त छन् ।

अनुराग र तापसीले भारतमा चलिरहेको किसानहरुको आन्दोलनमा पनि समर्थन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?