Comments Add Comment

बार्सिलोनाका अध्यक्षका प्रत्यासी लापोर्टाको दाबी : यदि मैले हारेँ भने मेसीले क्लव छाड्नेछन्

१९ फागुन, काठमाडौं । स्पानिस क्लब बार्सिलोना पछिल्लो समय मैदानभित्र र मैदान बाहिर चर्चाको विषय बनेको छ । आगामी मार्चमा अध्यक्षको लागि निर्वाचन हुँदैछ । जसमा अध्यक्षका प्रत्यासी रहेका जोन लापोर्टाले नयाँ दाबी गरेका छन् ।

उनले अर्का दुई प्रत्यासी टोनी फ्रइक्सा र भिक्टोर फोन्ट समेत उपस्थित रहेको बहसमा क्लबमा लिओनल मेसीको भविष्यका बारेमा त्यस्तो दाबी गरेका हुन् ।

लापोर्टाले मेसीसँग आफ्नो सम्बन्ध राम्रो भएको भन्दै आफ्नो प्रस्ताव सुन्ने बताए । ‘मेसीसँग मेरो राम्रो सम्बन्ध छ र मैले जे प्रस्ताव गरे उनले त्यसमा विचार गर्नेछन्,’ लापोर्टाले भने, ‘यदी मैले जितिन भने म विश्वस्त छु कि मेसी बार्सिलोनामा बस्ने छैनन् ।’

लयर समेत रहेका लापोर्टाले यो सन्देश आफ्नो भोटरलाई पठाउने र आफू अध्यक्ष भए मात्र मेसी बस्ने बताउँदै आएका छन् । ‘मेसीले हामीले गरेको प्रस्तावमा सोच्नेछन् । यदी अरु प्रत्यासीले जितेमा मेसी बार्सिलोनामा नरहनेमा म विश्वस्त छु,’ लापोर्टाले भने, ‘फ्रेइक्सा बोर्डमा हुँदा मेसी खुसी छैनन् ।’

लापोर्टा निर्वाचनमा मेसीको विषय मुख्य हुनेमा जानकार छन् । अध्यक्षको निर्वाचन मार्च ७ मा हुँदैछ । र उनले अर्जेन्टाइन स्टार पैसाको विषयमा मात्र केन्द्रित नभएको पनि बताए । ‘उनी पैसाबाट मात्र निर्देशित छैनन् । उनी जित्नका लागि प्रतिस्पर्धा गर्न सक्ने टिम चाहन्छन् । म विश्वस्त छु कि मेसीले मेरो अफर सुन्नेछन् र यदी अरु कसैले जितेमा उनले छड्नेछन् ।’

यस्तै अध्यक्षका अर्का प्रत्यासी भिक्टोर फोन्टले मेसीलाई बार्सिलोनामै रहनका लागि पूर्व खेलाडी जाभीले मात्र मनाउन सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment