काठमाडौं । फागुन २२ गतेदेखि सुरु हुने काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो ।
टिमका १२ खेलाडी प्रधानमन्त्री कप खेलेका टिमकै छन् भने ३ नयाँ खेलाडी थप भएका छन् । प्रधानमन्त्री कप खेलेको टिमबाट विभत्सु थापा र तलिक भण्डारी टिमबाट बाहिरिए भने सोनु तामाङ, सोनु देवकोटा र सुबास खत्री टिममा थपिएका छन् ।
प्रशिक्षकमा कलाम अली छन् ।
प्रतिक्रिया 4